झापा–५ मा केपी ओली ३५०० मतले अघि
दमक । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् । मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार ओलीले निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीलाई साढे ३ हजार मतले पछि पार्दै अग्रता कायम राखेका हुन् ।
उनले ८ हजार ९७८ मत गर्दा निकटम प्रतिद्वन्द्वी डा. अधिकारीले ५ हजार ४४८ मत प्राप्त गरेका छन् । यस्तै, जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याएका छन् ।
