समाचार

सामाजिक सञ्जाल बन्द भएपनि टिककट र भाइबरसहित ५ एप सञ्चालनमा रहने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, दर्ता प्रक्रिया पूरा नभएका एपहरू क्रमिक रूपमा बन्द गरिनेछन् र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र पुनः सक्रिय गरिनेछ। तर, नेपालमा पहिले नै सूचीकरण भइसकेका पाँचवटा सामाजिक सञ्जाल—भाइबर, टिकटक, विटक, निम्बज...

सामाजिक सञ्जाल नियमनमा कडाइ, २६ वटा प्लेटफर्म तत्काल बन्द

काठमाडौँ । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहितका २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने उद्देश्यले उक्त कदम चालेको हो। मन्त्रालयले निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै ती सञ्जालहरू...

नवनियुक्त आइजिपी खापुङलाई दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आइजिपी) पाएको छ। चन्द्रकुबेर खापुङले ३२औं प्रहरी महानिरीक्षकका रूपमा दर्ज्यानी चिह्न प्राप्त गरेका हुन्। १३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि...

राष्ट्र बैंकका १०७ कर्मचारीको एकैपटक सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक १०७ जना कर्मचारीको सरुवा गरेको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई विभिन्न विभाग, महाशाखा र कार्यालयमा सरुवा गरिएको हो। दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ भने त्यहाँका विमलराज खनाललाई वित्त व्यवस्थापन...

आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि...

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।...

पोर्चुगलमा भयानक रेल दुर्घटनाः १५ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा भयानक रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार बेलुकी भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । फ्निकुलर रेल ढलानवाला...

कवि तुल्सीराम फुल्लेलको कृति मरुभुमिको फूल सिलोङमा विमोचन

भारत । साहित्य एकेडेमी, नयाँ दिल्ली र नेपाली साहित्य परिषद, सिलोङको संयुक्त आयोजनामा साहित्यकार गोपीनारायण प्रधानका कृति तथा योगदानमा आधारित विचार गोष्ठी  गाडीखाना, सिलोङमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता साहित्यकार हेम जोशीले गरेका थिए । यस अवसरमा कवि तुल्सीराम फुल्लेलको दोस्रो कृति ‘मरुभूमिको फूल’ को समेत विमोचन गरिएको छ...

राताम्य पुँजी बजार: लगानीकर्ताको डुब्दै लगानी, किन आइरहेको छ गिरावट ?

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बैंक वित्तीय संस्थाको लाभांश सिजन चलि रहेको छ । यो समयमा समेत शेयर बजारले गति लिन सकेको छैन । हाल बजारका सबै सूचकहरू सकारात्मक देखिए पनि...

अनुदानको २ सय बोरा मल लुकाउने व्यापारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले २ सय बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गर्ने एक जना व्यापारीलाई पक्राउ गरेको छ । सरकारले किसानलाई वितरण गर्न पठाएको मल लुकाउने उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ६...