काठमाडौं उपत्यकामा कर्फ्यु आंशिक खुकुलो, निषेधाज्ञा यथावत्
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी कर्फ्यु आंशिक रूपमा खुकुलो पारेको छ । सेनाले बिहान १० बजेसम्म सामान किनमेल तथा अत्यावश्यक कार्यका लागि बाहिर निस्कन दिने निर्णय गरेको हो ।
तर उपत्यकाका तीन वटै जिल्लामा दिउँसो ५ बजेसम्म निषेधाज्ञा भने यथावत् रहने सैनिक अड्डाले जानकारी दिएको छ । निषेधाज्ञाको अवधिभर कुनै पनि प्रदर्शन, जुलुस वा नाराबाजी गर्न नपाइने प्रष्ट पारिएको छ ।
सेनाले जारी गरेको अपडेट अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिकलाई सामान किन्ने सुविधा दिइनेछ । त्यसपछि साँझ ७ बजेदेखि २७ गते विहान ६ बजेसम्म पुनः कर्फ्यु लागू हुनेछ ।
यसरी तोकिएको समयबाहेक उपत्यकामा सामान्य आवतजावत तथा भीडभाड निषेध रहने सेनाले जनाएको छ ।

