समाचार
बागमती प्रदेश सरकारलाई गोसाईका २३ सुझाव
हेटौंडा । नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारलाई महत्वपूर्ण सुझावहरु दिएका छन् । बागमती प्रदेशसभामा आज मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश भएपछि छलफलमा बोल्दै नेता गोसाईले सरकारलाई २३ बुँदामा सुझावहरु दिएका हुन् । गोसाईले प्रदेशसभामा बोल्दै...
मुख्यमन्त्री बानियाँलाई प्राप्त भयो विश्वासको मत,पक्षमा ६३, विपक्षमा २२, तटस्थ ७ मत
हेटौंडा । नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुृख्यमन्त्री बानियाँको पक्षमा ६३ मतसहित प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २२ मत परेको छ भने तटस्थ मत ७ रहेको छ । बहादुर सिंह लामालाई दलको नेताबाट २२ मतले पराजीत गरेपछि...
विश्वासको मतमा नेमकिपा तटस्थ बस्छ : गोसाई
हेटौंडा । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशसभामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने सन्दर्भमा तटस्थ बस्ने जनाएको छ । आज मंगलबार प्रदेशसभामा बोल्दै सो दलका नेता सुरेन्द्र राज गोसाईंले नेमकिपा तटस्थ बस्ने जानकारी दिएका हुन् । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदैछन् । विश्वासको...
मुख्यमन्त्रीसित बहुमत रहेकोले सहयोग गर्न परेन : राप्रपा नेता थापा
हेटौंडा । राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिने क्रममा प्रदेशसभामा बोल्दै नेता थापाले सरकारसँग सुविधाजनक बहुमत रहेका बताए । अहिलेको सिस्टम फेल भइसकेको बताउँदै उनले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र प्रधानमन्त्री हुने...
समृद्धिको सपना पूरा गर्न बानियाँलाई विश्वासको मत दिन्छौँ : एमाले नेता थपलिया
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने बताएका छन् । आज मंगलबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा बोल्दै उनले प्रदेश सरकारद्वारा पेस भएको र प्रदेशसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा एकढिक्का भएर लाग्ने बताए । नेता...
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिँदैनौँ : जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने क्रममा आज मंगलबार प्रदेशसभामा मन्तव्य राख्दै उनले बानियाँलाई विश्वासको मत नदिने समेत बताए । उनले तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले...
राज्य व्यवस्था समितिका सभापतिद्वारा राजीनामा घोषणा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सो पदबाट राजीनामा दिएका छन् । कुलिङ पिरियडमा भएको गडबडीपछि उनलाई राजीनामा दिन चौतर्फी दबाब थियो । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएका हुन् । सो समितिबाट पारित भएको विधयेकमा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी प्रावधानमा गम्भीर त्रुटी...
नेपालबाट थप २०० मेगावाट विद्युत् खरिद गर्न भारतको अनुमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको छ। यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत पठाइनेछ। यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति दिएको...
मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि आज दिउँसो ४ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ । बहादुर सिंह लामालाई नेपाली काँग्रेस संसदीय दलको नेतामा पराजीत गरेपछि सत्ताघटक नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले...
कलंकी नापी कार्यालयका कार्यालयसहयोगी १३ हजार घुससहित रंगेहात पक्राउ
काठमाडौं — काठमाडौंको नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित टोलीले उनलाई कार्यालय परिसरभित्रैबाट नियन्त्रणमा लिएको हो। कुँवरले चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन आएका एक सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले यसबारे अख्तियारलाई जानकारी दिएपछि...









