समाचार

अलास्का ट्रम्प–पुटिन बैठकमा युक्रेनको सहभागिता अनिश्चित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने घोषणा गरेपछि कूटनीतिक हलचल तीव्र भएको छ। युरोपेली नेताहरूले युद्धविराम र युक्रेनको प्रत्यक्ष सहभागिताबिना कुनै पनि शान्ति वार्ता अस्वीकार्य हुने बताएका छन्। शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नाम सहभागीको रूपमा घोषणा नभए पनि ह्वाइट हाउसले उनको...

अनलाइन ठगी चरममा: एक वर्षमै ८३ करोडभन्दा बढी रकम गायब

काठमाडौं । पछिल्लो समय अनलाइनमार्फत हुने ठगीको अवस्था डरलाग्दो बन्दै गएको छ। प्रविधिको तीव्र विस्तारसँगै सर्वसाधारण डिजिटल आपराधिक जालमा फँस्ने क्रम उल्लेख्य रूपमा बढेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा अनलाइन ठगीका कारण सर्वसाधारणको ८३ करोड ५९ लाख ९० हजार १३३ रुपैयाँ गायब...

तराई– मधेसको खानेपानी समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । आज आइतबार बारा जिल्ला स्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको आज स्थलगत अनुगमन पछि आयोजित कार्यक्रम लाई...

नाइमा एक्स्पो अफरः एभरेष्ट बैंकले गाडी किन्न ६.५२ प्रतिशतमै कर्जा दिने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंकले गाडी कर्जा सुविधा विशेष छुट र आकर्षक बैंकिङ्ग अफरका साथ उपलब्ध गराएको छ। साउन २१ गतेबाट सुरु भएको एक्स्पो भोलि साउन २६ गतेसम्म सञ्चालन हुनेछ। बैंकले ग्राहकलाई ६।५२ प्रतिशत ब्याजदरमा गाडी कर्जा सुविधा दिँदैछ। कर्जा योजनाअन्तर्गत ग्राहकले ५।२७ प्रतिशत...

अलास्कामा ट्रम्प–पुटिन वार्ता: युक्रेनको भविष्यमा ठूलो प्रश्नचिन्ह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखर वार्ता युक्रेनका लागि प्रतिकूल संकेतका रूपमा देखिएको छ। १५८ वर्षअघि रुसले अमेरिकालाई बेचिएको अलास्कामा भएको यस भेटमा, पुटिनले युक्रेनका अझै कब्जा गर्न बाँकी भूभाग हात पार्ने र सुमी तथा खार्किभ क्षेत्रका केही भाग फिर्ता दिने ‘भूमि अदलाबदल’...

पोखरामा ११ भारतीयसहित अवैध सुन बरामद

काठमाडौँ – कास्कीको पोखरामा प्रहरीले अवैध सुन कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई ६ किलो ४ सय ग्राम सुनसहित पक्राउ गरेको छ। भारतको महाराष्ट्र र पश्चिम बङ्गालका स्थायी बासिन्दा रही पोखराका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरूलाई शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो। पक्राउ परेकासँगै नगद ५ लाख...

जनकपुरमा रेलसँग कार ठोक्कियो

काठमाडौं । जनकपुरको थापाचोकमा रहेको रेलवे लिक पार गर्ने क्रममा रेलसँग कार ठोक्किएको छ। बाग्मती प्रदेश ०१–२५ च १२९० नम्बरको कार रेलवे लिक पार गर्ने क्रममा भंगाहाबाट जनकपुर आउँदै गरेका रेलसँग ठोक्किएको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। रेलसँग ठोक्किंदा कारमा भने क्षति पुगेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

काठमाडौं उपत्यकामा गाईजात्रा धुमधामका साथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने आठ दिनको गाईजात्रा पर्व आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा यस पर्वको विशेषता हो। गाईजात्राले मृतक आत्माप्रति श्रद्धा अर्पण गर्नुका साथै जीवन–मृत्युको चक्रप्रति चेतना फैलाउने...

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन काँग्रेसको ह्विप

हेटौंडा । नव नियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई विश्वासको मत दिन नेपाली काँग्रेस संसदीय दलले ह्विप जारी गरेको छ । आज काठमाडौंमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री बानियाँको पक्षमा विश्वासको मत दिन, तटस्थ नबस्न र अनुपस्थित नहुन ह्विप जारी गरिएको काँग्रेस बागमती प्रदेशले जनाएको छ । साउन २७ गते...