समाचार
सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँले बढ्दै १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यससँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले...
भारतको बाढीमा परी ७ नेपालीको मृत्यु, केही बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डमा मंलगबार आएको बाढीमा परी ७ जना नेपालीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन्। मजदूरीका लागि भारत गएका जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना सो बाढीमा परी बेपत्ता भएका थिए। जसमध्ये ७ जनाले ज्यान गुमाएका छन् भने बाँकी ६ जना अझै बेपत्ता छन्। भारतको...
चितवनका २४ वटा कन्सल्टेन्सी बन्द गर्ने निर्णय
काठमाडौँ । चितवन जिल्ला प्रशासन कार्यालयले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका २४ वटा संस्थालाई बन्द गर्न जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको छ। कार्यालयका अनुसार साउन १८ गते शिक्षा विकास तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र तथा सोसँग सम्बन्धित कागजात तीन...
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमण सकाएर आज स्वदेश फर्किँदै
तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली आज बिहान तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन्। स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले विमानस्थलमा पुगेर उनलाई औपचारिक बिदाइ गरेका थिए।...
गाजा पूर्ण कब्जा योजना सुरक्षा मन्त्रिपरिषद् बाट पारित , हमासको कडा आपत्ति
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले “हाम्रो सुरक्षा सुनिश्चित गर्न” गाजालाई पूर्ण रूपमा कब्जा गर्ने प्रस्ताव गरेका छन्, जसलाई इजरायली सुरक्षा मन्त्रिपरिषद्ले स्वीकृति दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार, यस योजनाअन्तर्गत गाजामा लडाइँ क्षेत्र बाहिरका नागरिकलाई मानवीय सहायता उपलब्ध गराइनेछ। नेतन्याहूले फक्स न्युजसँग कुरा गर्दै भने, “हामी हाम्रो...
भारतको बाढीमा परी ७ नेपालीको मृत्यु, केही बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डमा मंलगबार आएको बाढीमा परी ७ जना नेपालीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन्। मजदूरीका लागि भारत गएका जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना सो बाढीमा परी बेपत्ता भएका थिए। जसमध्ये ७ जनाले ज्यान गुमाएका छन् भने बाँकी ६ जना अझै बेपत्ता छन्। भारतको...
उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । बिहीबार परिषद्ले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत जुम्ला इजलासमा सिफारिस गरेको छ । त्यस्तै बैठकले गोपाल प्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलास सहितलाई न्यायाधीश सिफारिस गरेको हो...
ट्रम्पको ट्यारिफ निर्णयको भोलिपल्टै चीनको तीव्र आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा निर्यात हुने सामानमा कुल ५० प्रतिशत अमेरिकी कर लगाउने निर्णयपछि चीनको कडा प्रतिक्रिया आएको छ। ट्रम्पले भारतले रुससँग तेल व्यापार जारी राखेकै कारण २५ प्रतिशत अतिरिक्त ट्यारिफ थप गरेपछि चिनियाँ राजदूत सु फेइहोङले सार्वजनिक रूपमा ट्रम्पको आलोचना गरेका हुन्। राजदूत सु फेइहोङले बिहीबार सामाजिक...
डोनाल्ड ट्रम्प र भ्यादिमिर पुटिनबीच भेटवार्ता गर्ने सहमति
काठमाडौं । अन्य कुनै अप्रिय अवस्था आएन भने आगामी केहीदिन भित्रैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ । विश्वकै उच्चस्तरीय भेटवार्तामा युक्रेनमा जारी युद्ध अन्त्य मुख्य एजेण्डा हुने जनाइएको छ । मस्कोस्थित राष्ट्रपति पुटिनका सहयोगीको अवाला दिँदै बीबीसीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने कुरा...
बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा
काठमाडौँ । गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी आइतबार साउन २५ गते प्रदेशभर सार्वजनिक विदा हुने जनाएको हो । गाईजात्रा नेपालको परम्परागत सांस्कृतिक चाडहरूमध्ये एक महत्वपूर्ण पर्व हो, जसलाई विशेषगरी काठमाडौँ उपत्यकामा धूमधामसँग...









