समाचार

चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं — जिल्ला अदालत काठमाडौंले मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासले बुधबार गरेको आदेशअनुसार चक्रे मिलन र रोजेश खड्कालाई जनही ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न निर्देशन दिइएको हो। साउन १५ गते साम्बाला होटलबाट गुन्डागर्दीको आरोपमा पक्राउ परेका...

दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरिया । रोजगार अनुमति प्रणालीबाट कोरिया आएका एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । इलाम जिल्ला सुर्योदय नगरपालिका घर भएका ३४ वर्षीय सागर राईको मृत्यु भएको उनको परिवारले जनाएको छ । कोरियाको ख्यङ्जू भन्ने ठाउँमा कार्यरत राई ४ दिन अधि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए...

लगातारको गिरावटले लगानीकर्ताको मनोबल कमजोर, नेप्से २७८५.७४ बिन्दुमा

काठमाडौँ । पुँजी बजारमा लगातारको गिरावट आज पनि रोकिएको छैन । पछिल्ला केही दिनदेखि जारी घटबढको लहरले लगानीकर्ताको करोडौँ रुपैयाँ जोखिममा परेको छ । केही समयअघि ३,००० बिन्दु नाघेको बजारले ३,२०० पाउने आशा जगाएको थियो, तर हाल शेयर मूल्य घट्दै जाँदा लगानीकर्तालाई ठूलो घाटा व्यहोर्नु परेको छ। विश्लेषकका अनुसार...

प्रधानमन्त्री ओलीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे संसदमा जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई सम्पन्न गरेको तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साउन १८ गते मध्यराति तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गरी साउन २३ गते फर्किने क्रममा भएका भेटघाट र...

व्यवसायी हेमराज ढकाल नेपाल धितोपत्र बोर्डको सञ्चालक नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा व्यवसायी हेमराज ढकाल नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको तर्फबाट बोर्ड सञ्चालक बनेका थिए । तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा...

राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहाल, प्रहरी परिचालन

काठमाडौं — राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा आन्तरिक विवादका कारण हात हालाहालको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको छ। बिहीबार आयोजित अधिवेशनको प्रारम्भिक चरणमै केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गर्न थालेपछि परिस्थिति तनावग्रस्त बनेको थियो। त्यस क्रममा उपस्थित कार्यकर्ताबीच धकेलाधकेल र हात हालाहाल भएपछि सुरक्षाकर्मी परिचालन गरिएको...

दुर्घटनापछि यति एयरलाइन्स पुनः लयमा

काठमाडौँ — १५ जनवरी २०२३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि केही समय आर्थिक रूपमा दबाबमा परेको कम्पनी अहिले पुनः लयमा फर्किएको छ। सन् २००२ मा स्थापना भएको यति एयरलाइन्सले आन्तरिक हवाई सेवा क्षेत्रमा करिब १७ प्रतिशत बजार हिस्सा ओगटी देशको दोस्रो ठूलो घरेलु...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनकी पत्नी भ्रष्टाचार आरोपमा पक्राउ

दक्षिण कोरियाका पदच्युत पूर्व राष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हे घुसखोरी, स्टक मूल्य हेरफेर, उम्मेदवार छनोटमा हस्तक्षेप लगायतका विभिन्न भ्रष्टाचार आरोपमा मंगलबार पक्राउ परेकी छन्। सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट गर्ने जोखिम रहेको ठहर गर्दै विशेष अभियोजकको गिरफ्तारी वारेन्टको अनुरोध स्वीकार गरेको हो। किममाथि २०२२ को...

आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८००...

देशभर मनसुन सक्रिय, कतै अति ठूलो वर्षाको सम्भावना

काठमाण्डौ – आज सात वटै प्रदेशका कतीपय ठाउँमा ठूलो पानी पर्ने र कुनै ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुन सक्रिय रहँदै वर्षा बढ्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। मनसुनको न्यून चापीय रेखा तराई आसपास रहनुका कारण अहिले...