कांग्रेस सभापति देउवा र आरजु राणा घाइते
काठमाडौँ । राजधानीमा जारी जेन जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा घाइते भएका छन्।
प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दा देउवा र राणालाई चोट लागेको हो। घाइते दुबै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।
यस घटनाले राजधानीमा थप तनावपूर्ण अवस्था सिर्जना गरेको छ। सुरक्षा निकायले सम्भावित अप्रिय घटना रोक्न घटनास्थल वरिपरि निगरानी कडा बनाएको छ।
प्रदर्शनकारीहरूले सोमबारको सरकारी दमनमा १९ जनाको मृत्यु भएको भन्दै राजधानीका मुख्य क्षेत्रमा विरोध आन्दोलन जारी राखेका छन्।
