राष्ट्रपति भवनमा जेनजी आन्दोलनकारीद्वारा आगजनी
काठमाडौँ । जेनजी आन्दोलन उग्र बन्दै गएपछि आन्दोलनकारीहरूले राष्ट्रपति भवन शीतलनिवासमा समेत आगजनी गरेका छन् । सुरक्षा स्रोतका अनुसार केहीबेरअघि शीतलनिवासमा आगजनी भएको पुष्टि भए पनि विस्तृत विवरण आउन बाँकी छ।
यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी संरचनामा आन्दोलनकारीहरूले आगजनी गरेका थिए। त्यस्तै विभिन्न पार्टीका शीर्ष नेताहरूको निजी निवास र कार्यालय पनि आन्दोलनकारीको निशानामा परेका छन्।
देशभर फैलिएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहँदै नियन्त्रणका प्रयासमा जुटिरहेका छन्।
