समाचार
बागमतीमा नव नियुक्त मन्त्रीहरुको सपथ सम्पन्न, मन्त्रिपरिषद् पूर्ण
हेटौंडा । नव नियुक्त मन्त्रीहरुलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, उर्मिला केसी नेपाल र बिनु रायमाझी पौडेललाई शपथ गराएका हुन्। मुख्यमन्त्री इन्द्र्रबहादुर बानियाँले आज नयाँ...
प्लास्टिक प्रदूषण सन्धि सम्बन्धी वार्ता सहमति विना स्थगित
गिरिजा अधिकारी, काठमाडौं । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको पहलमा सन् २०२२ देखि सहमतिको लागि प्रयास गरिएको विश्वव्यापी प्लास्टिक प्रदुषण नियन्त्रण सम्बन्धी सन्धी जेनेभाबाट पनि स्वीकृत हुन सकेन । सदस्य राष्ट्रहरुबीच सहमति हुन नसक्दा प्लास्टिक नियन्त्रण सम्बन्धी बाध्यकारी कानुन निर्माण गर्ने प्रयास असफल भएको हो । सामुद्रिक वातावरण सहितको प्लास्टिक...
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आजै केहीबेर पछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरुको सपथ गराउने छन् । मुख्यमन्त्री बानियाँले नेपाली काँग्रेसको भागमा परेका मन्त्रालयहरुमा मन्त्री नियुक्त गरेका हुन् भने मन्त्रीहरुको कार्य विभाजन पनि गरेका छन् । बानियाँले काँग्रेसबाट उर्मिला...
अलास्कामा ट्रम्प–पुटिन वार्ता: युद्धविराम र नयाँ आणविक सम्झौता केन्द्रमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार अलास्कामा प्रत्यक्ष भेट गर्न तयारीमा छन्, जसमा युक्रेनमा युद्धविराम र नयाँ आणविक हतियार नियन्त्रण सम्झौता मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ। ह्वाइट हाउसको आधिकारिक तालिका अनुसार स्थानीय समय बिहान ११ बजे एन्कोरेजस्थित शीतयुद्ध–युगको वायुसेना आधारमा वार्ता सुरु हुनेछ। ट्रम्प...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो...
चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस, बीडीएसलगायतका सिट संख्या वृद्धि
काठमाण्डौ – चिकित्सा शिक्षा आयोगले स्वदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित मेडिकल शिक्षामा सिट सङ्ख्या बढाउने निर्णय गरेको छ। निर्णय अनुसार, एमबीबीएसतर्फ यसअघि १०० सिट भएका कलेजमा १३० र ५० सिट भएका कलेजमा ६० सिट पुर्याइनेछ। यसरी एमबीबीएसमा कुल ४९५ सिट र बीडीएसमा ४४० सिट थपिने भएको छ।...
आज राष्ट्रियसभाको बैठक, यस्ता छन् कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज ११ बजे संसद् भवनमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ। आजकै बैठकमा पाँच वटा संसदीय समितिको बैठक पनि बस्ने तय भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन...
यस्तो छ आजको विदेशी मुद्राको सटही दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१...
भारतको जम्मु–कश्मीर बाढीमा ४६ तीर्थयात्रीको मृत्यु, सयौं घाइते
कश्मीरको किश्तवाड जिल्लास्थित माछेल माता तीर्थ मार्गमा बिहीबार दिउँसो आएको भीषण बाढीले कम्तीमा ४६ जनाको ज्यान लिएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। चोसीटी (चसोती) गाउँमा बादल फुटेर आएको बाढीमा परेर कैयौं तीर्थयात्री बेपत्ता छन्। अधिकारीहरूका अनुसार हालसम्म १६० जनाभन्दा बढीको उद्धार गरिएको छ र मृतकको संख्या...
नागढुंगा सुरुङ मार्ग प्रवेश शुल्क तोकियो, मोटरसाइकल प्रवेशमा प्रतिबन्ध
काठमाडौं – मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ। गत साउन २६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्। सडक विभागले तयार पारेको निर्देशिका अनुसार कार र भ्यानले...










