जेनजी प्रदर्शनमा मृत्यु भएका शवको पोस्टमार्टम सुरु

तु खबर संवाददाता
२०८२ भाद्र २७, शुक्रबार १३:२३

काठमाडौं । सोमबारको जेनजी प्रदर्शनमा मृत्यु भएका व्यक्तिहरूको शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ३६ वटा शव पोस्टमार्टमका लागि पुगेका छन्। तीमध्ये ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए।

बाँकी शवहरूको पनि क्रमशः पोस्टमार्टम गरिने अस्पतालले जनाएको छ।