समाचार

वैदेशिक रोजगारीको नाममा ३ करोड १४ लाख ठगी, सात जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकालगायत देशमा आकर्षक तलबको रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट रु तीन करोड १४ लाख ठगी गरेको आरोपमा बिहीबार पक्राउ गरिएको हो। पक्राउ...

फेरि पठायो सरकारले राष्ट्रपतिसमक्ष सम्पत्ति शुद्धीकरण संशोधनसहित अर्को अध्यादेश

बालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त अध्यादेश जारी गर्नका लागि रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको हो। सरकारले अध्यादेशमार्फत कानुनी संशोधनलाई तीव्रता दिने क्रममा यो अध्यादेश राष्ट्रपति कार्यालय पठाएको आठौँ प्रस्ताव हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यका अनुसार...

रोल्पामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु

रोल्पामा लु १ ज ४१६७ नम्बरको जिप  दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ। थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा जिप करिब ८ सय मिटर तल भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनास्थलमा पुगेको उद्धार टोलीले २० जनाको मृत्यु भएको पुष्टि गरेको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर...

राष्ट्रपति पौडेलद्वारा सहकारी र सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३  र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३  जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो । सरकारले यसअघि ६ वटा अध्यादेश सिफारिस गरी पठाएको भए पनि हालसम्म राष्ट्रपति...

मालपोत अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन मालपोत अधिकृतसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। रुपन्देहीको साविक मैनहिया गाविसमा रहेको मृतक बेलर कहारको नामको २-०-५ बिघा जग्गा निजको वास्तविक हकवाला छोरी सन्जु कहारको नाममा हकहस्तारण नगरी नक्कली हकवाला...

लाभांश बुझिलिन शेयरधनीलाई युनिलिभर नेपालको आग्रह

युनिलिभर नेपाल लिमिटेडले विगत पाँच वर्षदेखि नलिइएको लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। २७औं वार्षिक साधारणसभाबाट पारित लाभांशमध्ये केहीले हालसम्म लाभांश नलिएपछि यस्तो आग्रह गरेको हो। कम्पनीका अनुसार उक्त आर्थिक वर्ष २०७६/०७७ को कुल ६ लाख ९३ हजार ३३० रुपैयाँ बराबरको लाभांश अझै भुक्तानी हुन बाँकी रहेको...

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको मूल्य उच्च

आजको विदेशी मुद्रा बजारमा विभिन्न देशका मुद्राहरूको विनिमय दर सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार, अमेरिकी डलर  १ को खरिद दर १५१.४६ रुपैयाँ र बिक्री दर १५२.०६ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, युरोपेली युरो  १ को खरिद दर १७७.२९ रुपैयाँ र बिक्री दर १७७.९९ रुपैयाँ रहेको छ। युके पाउन्ड...

सभापतिबाट कान्छाराम तामाङ निलम्बित

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति कान्छाराम तामाङ (पूर्णबहादुर तामाङ) लाई सो पदबाट निलम्बन गरेको छ। पार्टी नेतृत्वका विरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । उनलाई अनुशासन विपरित अभिव्यक्ति दिएको आरोपमा ७ दिने स्पष्टिकरण सोधिएको थियो, सो...

सरकारद्वारा थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष पेश

सरकारले थप तीन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेश गरेको छ । यसअघि दुईवटा अध्यादेश स्वीकृतिका लागि पठाइसकेको सरकारले मंगलबार थप तीन अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको हो । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश तथा विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको जनाएको...

संसद् छलेर अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरूको बैठक आज

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि विपक्षी दलहरूले आज संयुक्त बैठक बस्दैछन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन्। उनका स्वकीय सचिव एम ढुङ्गानाका...