समाचार

पत्रकार महासंघ कोरियाद्वारा क्षमता अभिवृद्धि तालिम

दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्दश्यले पत्रकारिता तालिमको आयोजना गरेको छ । महासंघको ७१ औँ स्थापना दिवस तथा कोरिया शाखा २० औँ वर्षमा प्रवेश गरेको सन्दर्भ पारेर आइतबार एक दिने तालिम दिइएको हो । राजधानी सिओलमा आयोजित कार्यक्रममा कोरियामा क्रियाशील नेपाली...

सुशासन सुधारका लागि ११ सार्वजनिक निकाय खारेज गर्ने सिफारिस

काठमाडौँ । सुशासन सुधारको उद्देश्यले गठित अध्ययन समितिले एकैपटक ११ वटा सार्वजनिक निकाय खारेज गर्न सरकारलाई सिफारिस गरेको छ। सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बनेको समितिले जेनजी आन्दोलनले उठाएका माग र जनभावनालाई आधार बनाएर शासकीय संरचना पुनर्संरचना गर्न यस्तो प्रस्ताव अघि सारेको हो। समितिले दोहोरो काम, प्रभावहीनता र स्रोतको दुरुपयोग...

नयाँ सरकारको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेखनीय गिरावट देखिएको छ। बालेन शाह नेतृत्वको नयाँ सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उकालो लाग्ने अपेक्षा गरिए पनि त्यसको विपरीत नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको छ।आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार कित्ता...

पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा निवेदन

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ । गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनी पत्नी राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन पेश गरेकी हुन् । अदालतले सो निवेदन अध्ययन गरिरहेको छ, हालसम्म दर्ता भने भएको छैन...

शैक्षिक संस्थाबाट विद्यार्थी संघसंगठन हटाउने सरकारको घोषणा

सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनहरू हटाउने घोषणा गरेको छ। सरकारद्वारा जारी गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदामार्फत शैक्षिक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने उद्देश्यअनुसार यस्तो घोषणा गरिएको हो। अबको ६० दिनभित्र शिक्षण संस्थाहरूबाट दलीय आधारमा बनेका संघ वा संगठनहरू हटाइने घोषणा छ। सरकारले यसको विकल्पमा ‘स्टुडेन्ट काउन्सिल’...

ओली क्याबिनेटका उर्जामन्त्री खड्का पनि पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको भोलिपल्ट आज प्रहरीले ओली क्याबिनेटका शक्तिशाली मन्त्री रहेका खड्कालाई पनि पक्राउ गरेको हो । उनलाई महाराजगञ्जबाट पक्राउ सीआइबीले पक्राउ गरेको एआइजी मनोज केसीले पुष्टि गरेका...

एमाले कार्यकर्ताहरूले जलाए आयोगको प्रतिवेदन

जेन-जी आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही गर्ने तयारीका साथ पक्राउ गरिएपछि नेकपा (एमाले) का कार्यकर्ताहरूले सो आयोगको प्रतिवेदन जलाएका छन्। एमाले कार्यकर्ताहरूले पार्टी कार्यालयबाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाउँदै राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएकाहरूलाई छाड्न माग समेत गरेका...

ओली र लेखक पक्राउको विरोधमा देशका मुख्य सहरहरूमा प्रदर्शन

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि नेकपा (एमाले) ले काठमाडौँमा प्रदर्शन गरेको छ। पक्राउको विरोधमा एमालेले काठमाडौँ लगायत देशभरका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेका बेला एमाले कार्यकर्ताहरूले काठमाडौँको चावहिल, नयाँ बानेश्वर तथा देशका अन्य मुख्य सहरहरूमा पक्राउको...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित गुण्डुबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो । जरुरी पक्राउ पुर्जी दिएर ओलीलाई पक्राउ गरिएको हो । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले उनको निवासबाट पक्राउ गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् वैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखकलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित...