समाचार

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्यांकले नेपालको अर्थतन्त्र क्रमशः विस्तार हुँदै गएको संकेत दिएको छ। प्रारम्भिक अनुमानअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६१ खर्ब ९९ अर्ब रुपैयाँको संशोधित अनुमानभन्दा उल्लेख्य वृद्धि...

संसद छल्दै प्रधानमन्त्री बालेनद्वारा अध्यादेश ल्याउने निर्णय

प्रधानमन्त्री बनेका बालेन शाहले पनि पूर्ववर्ती सरकारले जस्तै संसदलाई छलेर अध्यादेश ल्याउने सिफारिस गरेका छन् । आज सरकारले दुई वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यही बैशाख १७ गतेबाट आह्वान गरेको संसद बैठकलाई अचानक स्थगित गर्ने निर्णय गरेको थियो । संसद बैठक स्थगित...

अफ्रिकाको दिगो विकासका लागि वित्तीय खाडल चुनौतीपूर्ण:इकोसक अध्यक्ष थापा

अफ्रिकाले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न वार्षिक ६७० अर्बदेखि ८४८ अर्ब डलरसम्मको विशाल वित्तीय खाडल सामना गरिरहेको र यसलाई सम्बोधन गर्न रूपान्तरणकारी एवं समन्वयात्मक कदम चाल्नुपर्ने आवश्यकतामा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) का अध्यक्ष लोक बहादुर थापाले जोड दिएका छन् । इथियोपियाको एडिस अबाबामा आयोजित अफ्रिका क्षेत्रीय दिगो विकास...

भीआईपीलाई विदेशमा उपचार खर्च दिने व्यवस्था सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च पाउने कानुनी व्यवस्थालाई खारेज गरिदिएको छ। अधिवक्ता स्वागत (भद्रप्रसाद) नेपाल र राधिका चम्लागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसदा गरेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित पाँच न्यायाधीशको इजलासले नागरिक राहत, क्षतिपूर्ति तथा...

‘नेपालको अर्थतन्त्रमा गम्भीर संरचनात्मक चुनौती’:मन्त्री वाग्लेद्वारा श्वेतपत्र सार्वजनिक

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पछिल्लो आर्थिक अवस्थाको यथार्थ चित्रण गर्ने ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, वैशाख २०८३’ सार्वजनिक गरेका छन् । २०८२ फागुन २१ को निर्वाचनपछि गठन भएको वर्तमान सरकारले अर्थतन्त्रको जडमा रहेका विकृतिहरूलाई चिर्दै सुधारको मार्गचित्र कोर्न यो दस्ताबेज सार्वजनिक जनाएको छ । स्थितिपत्रले नेपालको आर्थिक वृद्धिलाई तुलनात्मक...

प्राविधिक सहायक ३० हजार घुससहित रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग उद्योग नवीकरण गर्ने प्रयोजनका लागि घुस माग गरेको आरोपमा आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चौधरीले खाद्य उद्योगको अनुमतिपत्र...

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्वाचित

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। यसअघि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेको नाममा सहमति जुटाएपछि संसदीय दलले त्यसलाई अनुमोदन गरेको जानकारी निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाश रसाइलीले दिएका छन्।...

पौडेल सशस्त्र प्रहरी बलको १३औं आईजीपीमा नियुक्त

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई १३औं महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका पौडेलले आगामी १८ वैशाखपछि...

कक्षा १२ को परीक्षा सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले सञ्चालन गर्ने कक्षा १२ को वार्षिक परीक्षा आज सोमबारदेखि देशभर सुरु भएको छ। पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। यस वर्ष देशभरबाट कुल ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी भएका छन्। बोर्डका अनुसार नियमिततर्फ...

बैंकिङ कसुरमा दोषी ठहर दुई फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४८ वर्षीय रोहितलाल श्रेष्ठ र काठमाडौं महानगरपालिका–२८ बस्ने, मोरङको विराटनगर महानगरपालिका–१० घर भएका मणी निरौला रहेका छन् । सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाअनुसार बैंकिङ कसुर...