समाचार
उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा प्रहरीद्वारा पक्राउ
हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्सालबाट उनलाई पक्राउ गरेको हो । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो । जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा...
काठमाडौंमा वायु प्रदूषण पुनः खतरनाक स्तरमा
काठमाडौं । केही दिनअघिको वर्षापछि सुधारिएको देखिएको उपत्यकाको वायु गुणस्तर फेरि तीव्र रूपमा बिग्रिएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) बुधबार बिहान ११ बजेसम्म आइपुग्दा २४७ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। केही दिनअघि करिब ९२ को हाराहारीमा रहेको एक्युआई छोटो समयमै ह्वात्तै बढेर गम्भीर अवस्थामा पुगेपछि सर्वसाधारणको स्वास्थ्यमा...
सीमानामा थप कडाइ गर्न प्रहरीलाई आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सीमा नाकामा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणका लागि थप कडाइ गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत बुधबार आयोजित निर्देशन कार्यक्रममा उनले सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आफ्नो जिम्मेवारी क्षेत्रमा हुने कुनै पनि...
जनतालाई दुःख नदिन संसदीय समितिको निर्देशन
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइँदै आएको दुःख तत्काल अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले भारतबाट ल्याइने एक सय रुपैयाँभन्दा बढी मूल्यका घरायसी सामानमा समेत भन्सार लगाउने व्यवस्थाले नागरिकलाई अनावश्यक सास्ती दिएको निष्कर्ष निकाल्दै उक्त व्यवस्था फिर्ता...
गृहमन्त्री गुरुङद्वारा पदबाट राजीनामा
गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पदभार सम्हालेको २६ दिनमै उनले राजीनामा दिएका हुन्। व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विवरण बाहिरिएपछि उनीमाथि राजीनामा दिन दबाब परेको थियो। हदबन्दीभन्दा बढी जग्गा राखेको, सम्पत्ति विवरण लुकाएको र सम्पत्ति शुद्धीकरण विभागको कारबाहीमा परेका भट्टसँग मिलेर शेयर खरिद गरेको लगायतका विषयमा...
काठमाडौंबाट जथाभावी चल्ने सार्वजनिक सवारीमा कडाइ
काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी सञ्चालन भइरहेका यात्रुवाहक सवारीसाधनलाई व्यवस्थित गर्न कडा कदम अघि बढाएको छ। महानगरले लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ।गएको चैत २५ गते नै सूचना जारी गर्दै बसपार्कभित्रबाट एकीकृत रूपमा सेवा सञ्चालन...
ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध अन्तर्राष्ट्रिय ट्रेड युनियनको कडा आपत्ति
विश्वका सार्वजनिक क्षेत्रका श्रमिकहरूको छाता संगठन ‘ट्रेड युनियन इन्टरनेशनल – पब्लिक सर्भिस एन्ड एलाइड’ले नेपालमा सार्वजनिक सेवाका ट्रेड युनियनहरूलाई विघटन गर्ने सरकारको तयारीप्रति गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै पठाइएको विरोध पत्रमा उक्त संगठनले नेपाल सरकारको गत चैत २७ को मन्त्रिपरिषद् निर्णय अन्तर्राष्ट्रिय कानुन र नेपालकै...
विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि बक्यौता तिर्न आनाकानी गर्ने ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार कालोसूचीमा परेका ग्राहकबाट १ करोड ४ लाख १७ हजार...
आरोप र सत्य फरक हुन्, अनुसन्धानमा सहयोग गर्छु : गृहमन्त्री सुधन गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानीसम्बन्धी आरोपहरू अस्वीकार गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आरोप र वास्तविकता एउटै नभएको जिकिर गरेका हुन्। विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो नाम जोडिएको विषयमा स्पष्ट पार्दै उनले प्रमाणका आधारमा मात्र निष्कर्ष...
निर्माणमा लापरबाही गरेपछि काठमाडौं महानगरपालिकाद्वारा ५० हजार जरिवाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाले बसुन्धरा नदी किनारमा रिटेनिङ पर्खाल निर्माणको जिम्मा पाएको टक्सार–रानीवन जेभीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । पर्खाल निर्माणका क्रममा जग कमजोर बनाइएको, सिमेन्ट प्रयोग गर्नुपर्ने स्थानमा माटो प्रयोग गरिएको तथा पुराना ढुंगा प्रयोग गर्दा त्यसमा टाँसिएको माटोसमेत नपखाली प्रयोग गरिएको पाइएपछि जरिवाना गरिएको वडा...









