समाचार
अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपालमा,उच्चस्तरीय भेटघाट हुँदै
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँ आइपुगेका छन्। नयाँ सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।कपुर आज बिहान करिब ६:२० बजे टर्किस एयरलाइन्सको फ्लाइट टीके–७२६ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी तीन...
वीरगञ्जको मुख्य सडकमा डोजर, अतिक्रमित संरचना हटाउन अभियान
काठमाडौं ।लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानैदेखि सुरु गरिएको छ। सडक विभाग र सडक डिभिजन कार्यालयको समन्वयमा वीरगञ्ज महानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा सडक क्षेत्रभित्रका संरचनामा डोजर चलाइएको हो।जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार बैशाख ६ गते बिहान साढे ४ बजेसम्म सडक मापदण्डभित्र पर्ने...
नेपाल खानेपानी संस्थानमा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । नेपाल खानेपानी संस्थानले खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी १५३ जनाका लागि दरखास्त आह्वान गरेको छ। काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको संस्थानले विभिन्न सेवा तथा समूहका पदहरूमा आवेदन खुलाएको हो। संस्थानले उपप्रबन्धक, सहायक प्रबन्धक, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत, शाखा अधिकृत, सहायक अधिकृत,...
जिल्ला र इलाका प्रशासनलाई गृहको नौ बुँदे निर्देशन
गृह मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन जिल्ला र इलाका प्रशासन कार्यालयहरुलाई नौ बुँदे निर्देशन दिएको छ । मन्त्रालयले कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहितको नौबुँदे निर्देशन दिएको हो । यसका लागि चालु आर्थिक वर्षको बजेटमै आवश्यक व्यवस्था गर्न सकिने र त्यसका लागि बजेट माग गर्न भनिएको...
भरत खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध चयन
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै नाम परेपछि प्रक्रिया औपचारिकतामा सीमित भएको हो । शुक्रबार बसेको बैठकले खड्का निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । सभापति चयनका लागि बिहीबार तोकिएको समयभित्र अन्य...
विद्युत प्राधिकरणले उद्योगीलाई बक्यौता तिर्न पठायो पत्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलअन्तर्गत बाँकी बक्यौता तिर्न उद्योगीहरूलाई पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार करिब १९ वटा उद्योगलाई एक साताअघि नै किस्ताबन्दीमार्फत बक्यौता भुक्तानी गर्न आग्रह गर्दै पत्र पठाइएको हो। उनले यो प्रक्रिया नियमित बक्यौता असुलीअन्तर्गतकै प्रयास भएको स्पष्ट पारे। शाक्यका...
कांग्रेसले बोलायो प्रदेशस्तरीय बैठक,समसामयिक राजनीति मुख्य एजेन्डा
काठमाडौं — नेपाली कांग्रेस ले सातै प्रदेशका पार्टी सभापति, मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूसँग समन्वयात्मक छलफल गर्ने भएको छ। पार्टीले वैशाख ६ गते (आइतबार) केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो। बैठकको समय भने अझै तय हुन बाँकी रहेको प्रवक्ता देवराज चालिसे ले जानकारी दिए। बिहीबार बसेको कार्यसम्पादन समितिको...
संविधान संशोधन गरेर मन्त्रालयको संख्या घटाउन प्रधानमन्त्री शाहलाई मुख्यमन्त्री बानियाँको आग्रह
बागतमीमा मन्त्रालयको संख्या घटाउने तयारीमा रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान संशोधन गरेर प्रदेशमा मन्त्रीहरूको संख्या घटाउन आग्रह गरेका छन् । आज प्रधानमन्त्री शाहसँग राजधानी काठमाडौंमा भएको छलफलमा मुख्यमन्त्री बानियाँले संविधानमा अहिले रहेको व्यवस्थाका कारण प्रदेश सरकारको आकार ठूलो हुन पुगेको बताएका हुन् । जून २० प्रतिशतको...
तत्कालिन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै तिवारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो । आयोगका अनुसार तिवारीविरुद्ध १० करोड ५४ लाख ९५...
एक महिना नबित्दै हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव देखाउँदै आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा रोकिएको छ। करिब एक महिनाअघि मात्र नियमित रूपमा सञ्चालनमा आएको उद्योग पुनः कोइला आपूर्तिमा समस्या देखिएपछि बन्द गर्न बाध्य भएको हो। आवश्यक कच्चा पदार्थको अभाव भएपछि उत्पादन प्रक्रिया स्थगित गरिएको हो। यसअघि उद्योगले करिब ३...










