समाचार
अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा इन्जिनियर दम्पती विरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलैया, बारास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं इन्जिनियर किशोरी प्रसाद यादव विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यादवले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि आयोगले २०८३ वैशाख १० गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर...
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले बनायो सिफारिस समिति
नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफरिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैशाख ८ को निर्णयअनुसार डा. गुणाकर भट्टको संयोजकत्वमा डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा. फत्तबहादुर केसी विज्ञ सदस्य रहेका छन्। हाल अर्थ मन्त्रालयका सहसचिव मन्त्रालयको काम कारवाही सकिएपछिको एक घण्टाको समय प्राधिकरणलाई समय...
विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनारको मूल्य उच्च
खुला बजार विनिमय दर अनुसार आजका लागि विभिन्न विदेशी मुद्राहरूको भाउ तोकिएको छ। जसअनुसार अमेरिकी डलर १ को खरिद दर १५०.५० रुपैयाँ र बिक्री दर १५१.१० रुपैयाँ कायम भएको छ। युरोपेली मुद्राहरूमा युरो १ को खरिद दर १७६.३६ रुपैयाँ र पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३.२३ रुपैयाँ रहेको...
पश्चिमी वायुको प्रभावः विहानैदेखि केही क्षेत्रमा वर्षा
पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशको मौसम अवस्था बदली भएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली देखिएको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको छ। केही स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको छ। जल...
विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय
सरकारले इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि गएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सुमनराज प्याकुरेलले जानकारी दिए। उनले भने,लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएको...
सरकारद्वारा सहसचिवहरूको सरुवा तथा काज व्यवस्थापन
सरकारले निजामती प्रशासनका सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका अधिकारीहरूलाई विशेष गरी प्रदेश सचिवको रूपमा विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरूमा खटाइएको छ। निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिवहरू विष्णु प्रसाद कोइराला र रामकृष्ण अधिकारीलाई कोसी प्रदेशको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। त्यसैगरी, मधेश प्रदेशका लागि...
काठमाडौँका अव्यवस्थित बस्ती हटाउन मन्त्रालयद्वारा ११ बुँदे कार्ययोजना सार्वजनिक
सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका अव्यवस्थित बस्तीहरू हटाउने प्रक्रियालाई तीव्रता दिने भएको छ। शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकले ११ बुँदे विशेष निर्णय गर्दै बस्ती खाली गराउने ठोस योजना अघि सारेको हो। बैठकले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचना बमोजिम आगामी २०८३ वैशाख १२ र...
सुकुम्बासी बस्ती हटाउन प्रशासन कडा, साँझसम्म खाली गर्न निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनारमा अनधिकृत रूपमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती तत्काल खाली गर्न निर्देशन दिएको छ। प्रशासनले हिजो सूचना जारी गर्दै यस्ता बस्तीमा बसोबास गरिरहेका सबैले आज साँझ ७ बजेसम्म घरटहरा पूर्ण रूपमा खाली गर्न निर्देशन दिएको हो। वर्षौंदेखि नदी किनारका सार्वजनिक तथा सरकारी...
संसद् अधिवेशन स्थगनप्रति प्रदीप पौडेलको प्रश्न-सरकारको आत्मविश्वास किन कमजोर?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनप्रति गम्भीर प्रश्न उठाएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा अधिवेशन स्थगित गरिएपछि उनले आपत्ति जनाएका हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले यस्तो निर्णयले सरकारको नियत र प्रक्रियामाथि शंका उत्पन्न गरेको बताएका छन्। उनका अनुसार,...
सरकारको सिफारिसपछि संसद् अधिवेशन स्थगित
सरकारले संघीय संसद् अधिवेशन स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार नै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । यसअघि पनि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति...









