समाचार

ठेक्का समयमा सम्पन्न नगरेको कसुरमा दुई निर्माण व्यवसायी पक्राउ

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो । मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको प्रहरीले जनाएको छ । आफूले लिएको...

पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जनाको लाइसेन्स निलम्बन

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरीले पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना सवारी चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा पत्राचार गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले एउटै प्रकृतिको कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परिसकेका चालकहरूको लाइसेन्स निलम्बनका लागि प्रक्रिया...

वैशाखभित्रै एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यी माध्यमबाट हेर्न सकिन्छ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा यही वैशाख महीनाभित्र सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको छ। नतिजा सार्वजनिक गर्ने तयारी गरेसँगै कार्यालयले विभिन्न संस्थाहरूलाई नतिजासम्बन्धी विवरण प्रकाशित गर्न स्वीकृति दिएको छ। नेपाल टेलिकमले एसएमएस/यूएसएसडी र आईभीआर मार्फत र जानकी टेक्नोलोजि प्रा.लि र एम्बिसन गुरु प्रा.लि...

नदी र खानी दोहनमा कडाइ, अवैध उत्खनन नियन्त्रण गर्न निर्देशन

काठमाडौँ । नदीजन्य तथा खानीजन्य पदार्थको जथाभावी उत्खनन, सङ्कलन र ओसारपसार बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित मन्त्रालय तथा सबै तहका सरकारलाई कडाइका साथ नियमन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले ढुङ्गा, गिटी, बालुवा, माटोलगायत निर्माण सामग्रीको उत्खनन तथा उपयोग स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र...

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार साँझ बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। न्यायपरिषदले प्रधानन्यायाधीश हुने लाइनको पहिलो नम्बरमा बरिष्ठताका आधारमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । ६...

सरकारको निर्देशनपछि सरकारी बैंकहरूका संचालकहरुले दिए राजिनामा

काठमाडौं । सरकारको निर्देशनपछि सरकारी स्वामित्वका बैंकहरूका संचालकहरूले राजिनामा दिन सुरु गरेका छन् । हाल नेपाल सरकाको स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका सञ्चालकहरूले राजिनामा दिएका छन् । पद छोडेर सरकारलाई मार्ग प्रशस्त गर्न भन्दै ती सञ्चालकहरूबाट राजीनामा आउने क्रम सुरु भएको अर्थ मन्त्रालय...

एमआरपी विवादमा सरकार ब्याक, स्वघोषणापछि मात्र जाँचपास

काठमाडौँ ।  विवादकाबीच सरकारले भन्सार विन्दुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) टाँस्ने निर्णयबाट पछि हट्दै स्वघोषणाको विकल्प लागू गरेको छ । उद्योगी–व्यवसायीको चर्को विरोधपछि भन्सार जाँचपास प्रक्रियामा देखिएको अवरोध हटाउन सरकारले नीति संशोधन गर्दै तत्कालका लागि सहज व्यवस्था लागू गरेको हो । यसअघि सरकारले विदेशबाट आयात हुने तथा स्वदेशमै...

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज वैशाख २४ गतेका लागि बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको दिनको स्मरणमा सार्वजनिक बिदा सहित यो दिवस मनाउन लागिएको हो। सार्वजनिक बिदा भएकोले आज बागमती प्रदेश सरकार मातहतका सबै...

प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषदको बैठक बोलाएका छन्। रिक्त संवैधानिक पदहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाइएको हो। बैठक भोलि वैशाख २४ गते बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन्। अध्यादेश जारी...

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको अधिकांश परिणाम सार्वजनिक भएको छ। मंगलबार सम्पन्न मतदानपछि वस्तुगत, जिल्ला–नगर तथा एसोसिएट समूहका धेरै पदहरूको टुंगो लागेको हो भने केही पदमा प्रतिस्पर्धा जारी रहेको छ। वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्।...