समाचार

बागमती प्रदेश सभा : विनियोजित विधेयक २०८० पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पारित भएको छ । प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले उक्त विनियोजित विधेयक बहुमतले पारित भएको घोषणा...

भुटानी शरणार्थी प्रकरण : ७ जनाद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेकामध्ये ७ जनालेउच्च अदालतमा निवेदन दर्ता गराएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा.इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनले जनाएको छ । निवेदन दर्ता गराउनेहरुमा पूर्व सांसद...

बसमा करेन्ट लाग्दा घाइते भएका ओलीको मृत्यु

दाङ । सल्यानमा बिहीबार बिहान गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका एक युवकको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा बसमा करेन्ट प्रवाह भएको थियो । सो क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गाडी धनी...

भन्सार सुधारका लागि ६ अर्ब ६० करोड ऋण स्वीकार गर्ने

काठमाडौं । सरकारले एशियाली विकास बैंकले दिने साढे ६ अर्ब बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अघिल्लो साता एडीबीले नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी ५ करोड अमेरिकी डलर (झण्डै ६ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृत गरेको थियो...

स्थानीय तहलाई दिन बाँकी अनुदानको ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम तत्काल दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो...

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए ।

बागमती प्रदेश सभा : एमालेद्वारा प्रधानमन्त्रीको राजीनामा माग

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को राजीनामाको माग गरेको छ । बिहीबार बसेको प्रदेश सभामा बोल्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन्...

प्रधानमन्त्रीको अभिव्यक्ति आपतिजनक : कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले बिहीबार सामाजिक संजालमा लेख्दै प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । अध्यक्ष थापाले त्यसको विरोध गर्ने क्रममा संसद अवरुद्ध गर्दा वर्षौदेखि मिटरब्याजी साहुकारहरुको...

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता शेयर कारोबारको अन्तिम दिन अर्थात बिहान शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार उच्च अंकले घटेको नेप्सेमा आज पनि झिनो अंकको गिरावट आएको हो । आज नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८० कम्पनीहरुका ९७...

एसइईको नतिजा सार्वजनिक, गत वर्षको तुलनामा माथिल्लो ग्रेड ल्याउने बढे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले बिहीबार दिउँसो नतिजा सार्वजनिक गरेको हो । गत चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ३.६० देखि चार जीपीए...