नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८० असार २१, बिहीबार १७:०५

काठमाडौं । आज साता शेयर कारोबारको अन्तिम दिन अर्थात बिहान शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार उच्च अंकले घटेको नेप्सेमा आज पनि झिनो अंकको गिरावट आएको हो ।

आज नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८० कम्पनीहरुका ९७ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब सात करोड ७४ लाख ९८ हजारको कारोबार भएको छ ।

बिहीबार सात उपसूचकहरु घटेका छन् भने छ उपसूचकहरुमा सामान्य हरियाली छाएको छ । आज इन्भेस्टमेन्ट उपसूचक सर्वाधिक ०.७८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक भने १.४२ प्रतिशतले बढेको छ ।