बागमती प्रदेश सभा : एमालेद्वारा प्रधानमन्त्रीको राजीनामा माग
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को राजीनामाको माग गरेको छ ।
बिहीबार बसेको प्रदेश सभामा बोल्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर नेता थपलियाले राजीनामाको माग गरेका हुन् ।
प्रधानमन्त्रीकोे अभिव्यक्तिप्रति आफु र आफ्नो पार्टीको घोर आपत्ती रहेको बताउँदै उनले भने, ‘जनताले छानेका प्रतिनिधिलाई प्रधानमन्त्री बनाउने हो, भारतले होइन । म यसै सदनबाट प्रधानमन्त्रीको राजीनामा माग गर्दछु ।’
