समाचार
सातामा १०१ अंकले घट्यो नेप्से, साढे १७ अर्बको कारोबार
काठमाडौँ । यो साताको शेयरबजारमा गिरावट आएको छ । सातामा कूल १०१ अंकले घट्दै नेप्से परिसूचक २०४९ अंकको विन्दुमा झरेको छ । अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको...
कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्च अदालत रिट दर्ता गारएको छ । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत् प्रदेश सरकारविरुद्ध रिट दर्ता गराएका हुन् । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्रीसमेतलाई विपक्षी बनाइ...
नेता बानियाँद्वारा ४० घरपरिवारलाई खाद्यान्न वितरण
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ का विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले भीमफेदी २ को पुरानो गाउँ, दमार र चौकीडाँडा टोलका गरिव, विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेका हुन्...
प्रतिनिधि सभाको बैठक बस्दै स्थगित
काठमाडौं । प्रतिनिधि सभाको आज अपराह्न बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले...
लागुऔषधसहित १० जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको कञ्चनपुर, मोरङ, कैलाली, काठमाडौं र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोइन १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।...
घट्यो सुनको मूल्य
काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार...
क्रियाशील पत्रकारलाई महासंघको सदस्यता दिन प्रेस युनियनको आग्रह
मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले क्रियाशील सञ्चारकर्मीहरुलाई सदस्य हुनबाट बञ्चित नगर्न आग्रह गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण गराएको छ । अध्यक्ष सुवास विडारीले शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघ मकवानपुर शाखाले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी मनोमानी ढंगबाट सदस्यता सिफारिस गरेको भन्दै आपत्ती जनाए । ‘महासंघ मकवानपुर...
आजको राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १२ः२९ बजे बस्ने गरी बोलाइएको छ । सो बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको...
नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख पर्शराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । कांग्रेसबाट प्रदीपकुमार...
श्रीमतीको हत्या गरी खतिवडाले गरे आत्महत्या
इलाम । इलाममा एक जनाले गएराति श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । जिल्लाको माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलाम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गएराति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी...










