समाचार
प्रतिनिधि सभा बैठक बस्दै, तीन विधेयक प्रस्तुत हुने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधि सभामा प्रस्तुत हुनेछ...
समाजवादी मोर्चाको पहिलो बैठक जारी
काठमाडौं । चार दल मिलेर बनेको समाजवादी मोर्चाको पहिलो बैठक हाल जारी छ । बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि सुरु भएको हो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र...
राष्ट्रिय सभा बैठक आइतबार बस्दै, यस्तो सम्भावित कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठक आइतबार बस्ने भएको छ । एमालेको अवरोधका कारण स्थगित हुँदै आएको बैठक पुनः आइतबारका लागि तय भएको हो । बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमध्ये मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । जसअनुसार स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि,...
वन रक्षकको परीक्षा दिने ३ जना नक्कली परीक्षार्थी पक्राउ
कास्की । वन रक्षकको परीक्षा दिने ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु जाँच गर्ने क्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् । पक्राउ पर्नेहरुमा कालीकोटको रास्कोट–२, सिपखानाका १९ वर्षीय...
घर भत्किँदा एक जनाको मृत्यु
दिपायल । डोटीमा गएराति घर भत्किँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५, गैरामा घर भत्किँदा स्थानीय ३० वर्षीया गङ्गा मालासीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गएराति एक तल्ले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो । डोटीका प्रहरी नायव...
समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै
काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने भएको हो । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना...
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति तय गरेको हो । अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका...
‘म सक्किएर हेटौंडा बन्छ भने पनि आइएम रेडी’
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्य कुनै पनि बाहानामा रोक्न नहुने बताएकी छिन् । साँघुरो सडकका कारण ट्राफिक व्यवस्थापनको समस्या मात्रै नभई दिनहुँ सवारी दूर्घटनामा निर्दोष व्यक्तिहरुले ज्यान गुमाइरहेको भन्दै लामाले बजार क्षेत्रको सडकको दायाँबायाँ २५/२५ गज विस्तार...
मकवानपुरमा एक छात्राले मात्रै ल्याइन् ४ जीपीए
मकवानपुर । गत चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन भएको माध्यमिक तह परीक्षा (एसइई) को नतिजा अनुसार मकवानपुरमा एक जना छात्राले मात्रै ४ जीपीए ल्याएकी छन् । सार्वजनिक गरिएको नतिजाअनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ स्थित तासिर ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा डाफिन राईले मात्रै ४ जीपीए ल्याएकी हुन्...
हेटौंडाको म्यानेजमेन्टमा निःशुल्क शिविर, एक हजारभन्दा बढीले लिए सेवा
मकवानपुर । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयमा शुक्रबारबाट सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस महाविद्यालयले काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरेको दुई दिने शिविर अन्तरगत शुक्रबार पहिलो दिन एक हजारभन्दा बढीले निःशुल्क...










