समाचार
आज सबै प्रदेशका केही स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको...
आज पनि बैंक तथा वित्तीय संस्था खुल्ने
काठमाडौं । आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको हो । बैंकले शुक्रबार निर्देशन जारी गर्दै असार २३ र ३० गते शनिबार राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर...
मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्ति डिपाट गाउँस्थित आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहान १ः४५ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको ना ६ ख ६३१...
पश्चिम बङ्गालमा चुनावी प्रतिस्पर्धी दलबीच झडप हुँदा ४ जनाको मृत्यु
कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावी प्रतिस्पर्धी दलबीच हिंसात्मक झडप हुँदा चार जनाले मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताको मृत्यु भएको हो । एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु...
रबिन तामाङको अन्त्येष्टि आइतबार हुने
काठमाडौं । चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार हुने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो । रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको मुक्ति एन्ड रिभाइभलका गायक मुक्ति शाक्यले...
हेटौंडामा सडक विस्तार गर्ने विषयमा सर्वपक्षीय छलफल
मकवानपुर । सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक विस्तार गर्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरेको छ । गत असार १० गते डिभिजन सडक कार्यालय हेटौँडाले ३५ दिनको सूचना जारी गरेपछि पेचिलो बनेको सडक विस्तारको विषयमाथि शुक्रबार सरोकारवालाबीच छलफल भएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको अध्यक्षतामा भएको सर्वपक्षीय छलफल...
दूध उत्पादक किसानलाई प्रोत्साहन अनुदान वितरण
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले व्यवसायिक रुपमा दूध बिक्री गर्ने कृषकहरुलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । थाहा नगरपालिकाले समूह, सहकारी, फर्म, डेरीमार्फत् दूध बेच्ने कृषकहरुलाई वर्ष भरी बेचेको दुधको परिमाणका आधारमा अनुदान वितरण गरेको नगरपालिका पशु विकास शाखाका प्राबिधिक रुपेश कुमार मिश्रले जानकारी दिए । पालिकाले दुधको परिमाणका...
देशभर २७ प्रतिशत रोपाइँ सकियो
काठमाडौं । देशभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । उनका अनुसार, प्रदेशसँगको समन्वयमा तयार गरिएको...
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी–५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन् । उनलाई प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले...
प्लास्टिक झोला प्रतिवन्ध कार्यान्वयनका लागि अनुगमन टोली गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्लाष्टिक झोला प्रतिवन्धसम्बन्धी कार्ययोजना कार्यान्वयन केन्द्रीय अनुगमन समितिले कार्ययोजना कार्यान्वयनबारे अनुगमन गर्ने भएको छ । त्यसका लागि समितिको बैठकले केन्द्रीयस्तरमा बजार अनुगमन एवम् उद्योग अनुगमन गर्न छुट्टाछुट्टै अनुगमन टोली गठन गर्नुका साथै कार्ययोजना कार्यन्वयनका लागि मापदण्ड र कार्यविधिहरु निर्माण गर्ने निर्णय गरेको...










