समाचार

हेटौंडामा मिडिया कप फुटसल, उपाधि एन्ड्रसलाई

मकवानपुर । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा मकवानपुरले हेटौंडामा आयोजना गरेको ‘मिडिया कप फुटसल’ प्रतियोगिताको उपाधि सक्रिय पत्रकारहरुको समूह एन्ड्रसले हात पारेको छ । शनिबार भएको फाइनलमा रेडियो मकवानपुर/प्रदेश दैनिकलाई २–१ गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधि हात पारेको हो । एन्ड्रसको जितमा सरोज पौडेल र रविन्द्र वाइवाले...

फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा हुमागाईँ निर्वाचित

मकवानपुर । नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद हुमागाईँ निर्वाचित भएका छन् । शनिबार भएको संघको नयाँ कार्यसमिति चयन अन्तर्गतको निर्वाचनबाट अध्यक्ष पदमा हुमागाईँ निर्वाचित भएका हुन् । हुमागाईँले निकटतम प्रतिस्पर्धी मनु दहाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । हुमागाईँले कुल खसेको ३ सय ७...

समाजवादी मोर्चाको नेतृत्वमा ६ महिने आलोपालो

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति भएको छ । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकबाट मोर्चाको अध्यक्षता ६÷६ महिनामा पालैसँग गर्ने सहमति भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति–कति समयमा...

सुडानमा हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

ओमदुरमा । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा परेर २२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का अनुसार, राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला...

श्रमिकको न्यूनतम तलब २५ हजार पुर्याउन ट्रेड युनियनको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियन कांग्रेसले सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै न्यूनतम तलब बढाउन माग गरेको हो । असारको पहिलो साता सम्पन्न राष्ट्रिय महाधिवेशनमा उठेको सुझावअनुसार ट्रेड युनियनले श्रमिकको...

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल गर्न राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ११ः३१ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा...

गायक रोविन तामाङको अन्त्येष्टि आज गरिने

काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको अन्त्येष्टि आज गरिने भएकबो छ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पणपछि उनको...

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा...

ज्वालादेवी विव्यसमा राजारामको नेतृत्व

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ स्थित ज्वालादेवी आधारभुत विद्यालय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजाराम मोक्तान चयन भएको छ । गत जेठ २६ गतेको अभिभावक भेलाले सर्वसम्मत् चयन गरेको विव्यस कार्यसमिति सदस्यको शनिबार बसेको बैठकबाट मोक्तानको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, निर्वाचित सदस्य दिलमाया...