समाचार

आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द हुने

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सोमबारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने जनाएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन् । राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका...

बासी भात दिएको भन्दै सौतेनी आमाको हत्या

जनकपुरधाम । आफ्नो सौतेनी आमाको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, शिवनगर पथराईस्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतीय नागरिक प्रेम भगत रहेका छन् । सौतेनी आमाले बासी भात खान दिएको रिसमा काठको चिर्पट प्रहार गरी...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...

बागमती प्रदेश : मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

मकवानपुर । बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । सो बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन...

स्थानीय तहमा चालूभन्दा पूँजीगत बजेट बढी

काठमाडौं । संघीय सरकारले पूँजीगतको तुलनामा चालू शीर्षकमा अत्यधिक बजेट छुट्ट्याइरहेका बेला स्थानीय तहले त्यसविपरीत बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि स्थानीय तहले ल्याएको बजेटमा धेरैजसोले चालूभन्दा पूँजीगत शीर्षकमा बढी रकम विनियोजन गरेका छन् । चालू शीर्षकको बजेट धेरैजसो प्रशासनिक खर्च, तलब, भत्ता, गाडी...

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आइतबार बसेको आजसम्मको लागि बैठक स्थगित भएको थियो । गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद्...

राप्रपा नेपालद्वारा राजसंस्था सम्बन्धी नीति पुनर्विचार गर्न समिति गठन

काठमाडौं । राप्रपा नेपालले राजसंस्था सम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ । आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष प्रा. डा. विष्णु बहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो । समितिको सदस्यमा क्रमशः केशवराज श्रेष्ठ, बसन्तमान...

ललिता निवास जग्गा प्रकरण: सञ्चार सचिव राउत पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई आइतबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ । सीआईबीले आइतबार नै यो प्रकरणमा समरजंग...

कांग्रेस बागमतीको संगठन विभाग प्रमुखमा माईकल, सदस्यमा कोइराला

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितीको संगठन विभाग प्रमुखमा रामचन्द्र अर्याल (माईकल) मनोनित भएका छन् । आइतबार कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसको विधानको धारा १३ (६) को ‘झ’ बमोजिम माईकललाई संगठन विभाग प्रमुखमा मनोनित गरेका हुन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका माइकल मकवानपुरका पूर्व पार्टी सभापतिसमेत...

प्रदेशकै उत्कृष्ट वन पुरस्कार हेटौंडाको रानी सामुदायिक वनलाई

मकवानपुर । बागमती प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कारबाट हेटौंडाको रानी सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत भएको छ । प्रदेशका विभिन्न सामुदायिक वन समूहमध्ये हेटौंडा–६, चौघडास्थित उक्त जनलाई प्रदेशकै उत्कृष्ट वनको पुरस्कार प्रदान गरिएको हो । वन निर्देशनालय हेटौंडाको चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक बजेटको राष्ट्रिय वन संरक्षण...