समाचार
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।...
गोठमा आगलागी हुँदा एक लाख ५० हजार रुपैयाँको क्षति
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ सिम्सार टोल बस्ने बिदुर चौलागाईँको टिनको छानो, तिर्पालले बेरेको गाईँगोठमा सोमबार आगलागी भएको छ । सोमबार साँझ सवा ८ बजेको समयमा बिजुलीको तार सट् भई गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । चौलागाईँको...
मकवानपुर प्रहरीद्वारा अवैध सामान बरामद
मकवानपुर । मकवानपुर प्रहरीले सोमबार अवैध सामान बरामद गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट छुट्टाछुट्टै समयमा अवैध खाद्यान्न र लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, प्रहरी...
लागूऔषधसहित हेटौंडाका लामा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित सोमबार साँझ हेटौंडा उपमहानगररपालिका वडा नम्वर १५, रातोमाटेबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बदेलधाप बस्ने अन्दाजी २४ वर्षीय किरण लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । लामालाई प्रहरी चौकी...
मकवानपुरमा सवारी दुर्घटना हुँदा थापाको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा सोमबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ८६५८ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...
जिसस मकवानपुरद्वारा ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा अध्ययनरत ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिसस मकवानपुरले जिल्लाभित्रका रहेको विभिन्न आठ वटा सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह अध्ययनरत ४४ विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच छात्रवृत्ति रुवरुप प्रतिविद्यार्थी ९ हजार रुपैयाँ प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा...
‘प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोले’
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल (प्रचण्ड) ले आफुले गत असार १८ गते बोलेको विषय भावनात्मक भएको बताएका छन् । उनले सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको स्पष्ट पारे । प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपर्थ्यो । तर त्यो दिन म...
स्वास्थ्य मन्त्रालय : काजमा बसेका कर्मचारी फिर्ता गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ । गत असार १७ मा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुने गरी काजमा रहेक कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको हो । सोमबार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे...
माल्टा पठाइदिन्छु भनी रकम ठगेको आरोपमा महिला पक्राउ
काठमाडौ । माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो...
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले लगे ७५ अर्ब १४ करोड
काठमाडौं । नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको जेष्ठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो । नेपालमा सेवातर्फको आय ५७...









