‘प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोले’

तु खबर संवाददाता
२०८० असार २५, सोमबार १८:१७
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल (प्रचण्ड) ले आफुले गत असार १८ गते बोलेको विषय भावनात्मक भएको बताएका छन् ।

उनले सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको स्पष्ट पारे ।

प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपर्थ्यो । तर त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’, प्रचण्डले भने, ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झँन पुगे । प्रितम सिंहको सदासयताका निम्ती धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधिनताका लागि गरेको योगदान काटियो ? भन्दै प्रतिपक्षलाई प्रश्न समेत गरे ।