समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले घटनाबारे दुःख व्यक्त गर्दै टानबिन समिति गठन गरेको हो । बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री...

कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जनाएको छ । उनका अनुसार, सो बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुनेछ । त्यसअघि बैठकका एजेण्डाबारे...

हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार सवारी दुर्घटना भएको छ । जिल्लाको हेटौंडा–१९ र हेटौंडा–१ मा सवारी दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मंगलबार अपराह्न साढे ४ बजेको समयमा हेटौंडा–१९, बस्तिपुरस्थित पुर्व–पश्चिम सडकखण्डमा हेटांैडाबाट नेवारपानीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त ५८५९...

हेलिकप्टर दुर्घटना अपडेट: सबै शव काठमाडौं लगियो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबै जनाको शव काठमाडौ लगिएको छ । लुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै शव काठमाडौं लगिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार, सुरुमा ४ जनाको र दोस्रो हेलिकप्टरमा दुई...

सर्पको टोकाईबाट ४ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाईबाट दुई दिनमा चार जनाका मृत्यु भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको टोकाईबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको थियो । मृत्यु हुनेमा ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।...

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल सम्पन्न

काठमाडौं । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफल मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजित विधेयक अन्तरगत विभिन्न मन्त्रालयमाथिको छलफल सम्पन्न भएको हो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय,...

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभाको २५ औँ बैठकमा बजेट पारित भएको हो । गत असार १ गते प्रदेशका अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको...

प्रधानमन्त्रीद्वारा हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेका छन् । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट...

बागमतीको ४० हजार भन्दाबढी पशुमा लम्पी स्कीन संक्रमण

मकवानपुर । बागमती प्रदेशमा लम्पी स्कीन रोगको संक्रमणबाट हालसम्म ४० हजार भन्दा बढी गाईभैंसी संक्रमित भएको छ । केही महिना अघिदेखि देखिएको उक्त संक्रमणबाट प्रदेशका १३ जिल्लाका ४० हजार ३७२ गाई भैसीमा संक्रमण पुष्टि भएको छ भने सो संक्रमणबाट एक हजार २४८ गाई भैंसीको मृत्यु भएको प्रदेशको कृषि तथा...

मनाङ एयरको हेलिकप्टर दुर्घटना, ६ जनाको शव फेला

काठमाडौं । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंका लागि बिहान १० बजेर १३ मिनेटमा उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको...