समाचार
माओवादी कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय...
मकवानपुरका मोक्तान अवैध गाँजा र नगदसहित पक्राउ
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० बस्ने ३२ वर्षीय रामसिंह मोक्तान अवैध लागूऔषध गाँजा र नगदसहित पक्राउ परेका छन् । मोक्तान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ भिमानबाट लागूऔषध गाँजा करिब १ सय ५५ केजी (डेढ क्वीन्टल) र नगद २ लाख रूपैयाँसहित सोमबार पक्राउ परेका हुन् । उनलाई...
बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । उनलाई बहुविवाह गरेको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार, जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको...
समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन् । असार २३ मा बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र...
प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नीशोक परेको छ । उनकी धर्मपत्नी सीता दाहालको आज बिहान मृत्यु भएको हो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनको आज बिहान नर्भिक अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब...
बागमतीमा लम्पी स्कीनबाट प्रभावित ५६ हजार बढी पशुलाई खोप लगाइयो
मकवानपुर । बागमती प्रदेशमा लम्पी स्कीन रोगका कारण प्रभावित भएका ५६ हजार भन्दाबढी पशुमा रोग विरुद्धको खोप लगाइएको छ । प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाका ५६ हजार ३३३ पशुमा खोप लगाइएको प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सिन्धुली, रामेछाप, काभ्रे र रसुवा बाहे्कका जिल्लाहरुमा...
वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा
काठमाडौं । गत वैशाखमै ब्रोकर लाइसेन्सका लागि आशयपत्र पाएका २५ कम्पनील नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ...
एक लाख घुससहित लेखा अधिकृत पक्राउ
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार,...
राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित हुने
काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिनेछ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले...
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केहि...










