समाचार

हेटौंडामा कोरा साइकल च्यालेन्ज हुने

मकवानपुर । हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्जको आयोजना गर्ने भएको छ । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले असार ३० मा कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो । सोसाइटीले यो दोस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गर्न लागेको हो । संसारभर जुुलाई...

मकवानपुरगढीको ७२ करोड ६५ लाख बजेट सर्वसम्मत पारित

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको अनुमानित बजेट सर्वसम्मत पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले बुधबार नवौं गाउँसभाको दोस्रो बैठकमा ७२ करोड ६५ लाख५६ हजारको बजेट प्रस्तुत गरेकी हुन् । गत असार १० गते वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुतको क्रममा...

बागमती प्रदेशमा डेंगू संक्रमण बढ्दै

हेटौंडा । बागमती प्रदेशमा डेंगू रोग संक्रमण बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मे (बैशाख १८–जेठ १७) मा २७ जनामा डेंगू संक्रमण भएकामा जुन (जेठ १८­–असार १५) महिनामा ११७ जनामा संक्रमण भएको छ । यी दुई महिनामा डेंगू रोग संक्रमण भएकाको संख्या मात्रै वृद्धि नभई डेंगू...

भानु जयन्तीको अवसरमा सार्वजनिक विदा

गण्डकी । गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै यही असार २९ गते भानु जयन्तीका अवसरमा विदा दिने जानकारी गराएको हो । मन्त्रालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “गण्डकी...

सट्टेबाजीको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार धरौटीमा रिहा

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा भएका छन् । सट्टेबाजीको प्रचार गरेका आरोपमा पक्राउ मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको...

सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

धनगढी । डोटीमा बुधबार साँझ जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको आर्दश गाउँपालिका–२ का मौवामा बा १ ज ९४३९ नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । एमालेले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न सचिवालय बैठक आह्वान गरेको हो । बैठक यही असार ३० गते ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने गरी आह्वान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा अहिले...

ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या १७ पुग्यो

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । बुधबार थप एक जना पक्राउ परेसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको हो । बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । सिआईबीले मंगलबार मात्रै यो प्रकरणमा ४...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित हुने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ । बुधबार स्थगित भएको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदैछ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले...