समाचार
सर्वोच्चद्वारा कोशी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले नवगठित कोशी सरकारविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री...
मकवानपुर प्रहरीद्वारा अवैध खुद्रा समान बरामद
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटबनट अवैध खुद्रा सामान बरामद गरेको छ । रातोमाटेस्थित प्रहरी चौकी अगाडि चेकप्पाइन्टमा प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलिले विभिन्न सुमो गाडीहरु र यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा बिल नभएको ५३ हजार रुपैयाँ...
हेटौंडामा एक जना पुरुष मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगंज उपमहानगरपालिका–२४, रामगढवा स्थायी घर भई हाल हेटौंडा–१९ स्थित राम गोलेको घरमा डेरा गरी बस्ने अन्दाजी ३० वर्षीय मनोज पटेल मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर...
मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते
मकवानपुर । मकवानपुरको दुई छुट्टनछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका–९ र ८ नम्वर वडामा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । जिल्लाको पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरी–९,...
बागमती प्रदेश : गत आवको तुलनामा बजेट खर्चमा सुधार
मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट खर्चमा सुधार देखिएको छ । आर्थिक मन्दीका बिच पनि प्रदेश सरकारले गत आवको तुलनामा चालु आवमा २ प्रतिशत भन्दाबढी अर्थात ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती...
बागमती प्रदेशमा ४६ प्रतिशत क्षेत्रमा रोपाइँ सकियो
मकवानपुर । बागमती प्रदेशमा हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लामा गरी ४६ प्रतिशत मात्रै रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ । प्रदेशमा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर, हालसम्म करिब...
बुधबार स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने
काठमाडौं । नेपाल कांग्रेसको आज स्थगित भएको केन्द्रीय समितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले साउन २ गतेका लागि बैठक तय भएको जानकारी दिए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय,...
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पति प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको आज बिहान...
बुधबार २५ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको चौंथो दिन अर्थात बुधबार नेप्से सूचकांक बढेको छ । केही दिनदेखि लगातार गिरावट हुँदै आएको नेप्से आज बढेको हो । आज नेप्से परिसूचक २५.३१ अंकले बढेर दुई हजार ९७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ८५ लाख ४ हजार कित्ता...
नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी संचालनमा भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको...









