मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते

तु खबर संवाददाता
२०८० असार २७, बुधबार १८:१२
File Photo

मकवानपुर । मकवानपुरको दुई छुट्टनछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका–९ र ८ नम्वर वडामा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

जिल्लाको पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरी–९, चौधमाईमा आज दिउँसो साढे २ बजे भएको दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना.१ ज ७७०१ नम्वरको म्याजिकले साही दिशाबाट जाँदै गरेको ना २८ प १०९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक चितवनको राप्ति नगरपालिका–२, गडौलि बस्ने ५५ वर्षीय छुम बहादुर उप्रेति र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ४५ वर्षीया अम्बिका उप्रेति रहेका छन् ।

घाइते दुबै जनाको अवस्थामा मधयम रहेको र उपचारको लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले म्याजिक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस्तै, बुधबार नै साढे २ बजेको समयमा मनहरी गाउँपालिका–८, सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह ४७१ न.को अटोले सोही दिशाबाट जानँदै गरेको बा ६९ प ७०४५ न.को स्कुटीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटी चालक सोही ठाउँ बस्ने ३२ वर्षीय लिलाधर स्याङ्तान रहेका छन् । घाइते उनलाई उपचारको लागि चितवनको भरतपुरतर्फ पठाइएको र अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।