समाचार
मकवानपुर प्रहरीद्वारा ४७ लाखको सुनसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध सुनसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट आज बिहान ४७ लाख रुपैयाँ भन्दा बढी मुल्यको सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ४७ लाख ३६ हजार ७२९ रुपैयाँ मुल्य बराबरको ४८९ ग्राम ३७ मिलि ग्राम सुनसहित पर्साको वीरगंज महानगरपालिका वडा नम्वर १...
सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने पक्राउ
उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारतीय नागरिक प्रविण भट्टसहित ७ जनालाई पक्राउ गरेको हो । उदयपुरको कटारी नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै...
हेटौंडाबाट साढे ३ लाखभन्दा बढीको कपडा र खाद्यान्न बरामद
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित सडकखण्डबाट साढे ३ लाखभन्दा बढीको कपडा तथा खाद्यान्न बरामद गरेको छ । प्रहरीले असार २५ र २६ गते भन्सार छलि चोरी पैठारी गरी ल्याइएको ३ लाख ५७ हजार ८८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको जिल्ला प्रहरी...
बिहीबार नेप्समा गिरावट, तीन अर्ब ३९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा गिरावट आएको छ । नेप्से सूचकांक १२.६२ अंकले घटेर दुई हजार ८४ विन्दुमा कायम भएको छ । बिहीबार नेप्सेमा सूचीकृत २९६ कम्पनीहरुको ९३ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३९ करोड ६ लाख ६० हजारको कारोबार...
कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित
काठमाडौं । बिहीबारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको हो । सो बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर, समिति संचालनका लागि...
नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक वना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उक्त प्रकरणमा काठमाडौंको असन स्थायी ठेगाना भएका केशव तुलाधरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका तुलाधरलाई काठमाडौंको सानो भर्याङबाट...
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले शोक व्यक्त जारी गर्दै नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका...
हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेटको समयमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु...
कुवेत जान लागेका ११० जनालाई अध्यागमनले फर्कायो
काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले बुधबार बेलुका फर्काएको छ । कार्यालयले वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै फिर्ता पठाएको हो । उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन...
सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ११...










