सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८० असार २८, बिहीबार १६:५२
सांकेतिक तस्बिर

उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारतीय नागरिक प्रविण भट्टसहित ७ जनालाई पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको भन्दै उनीहरुले त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।