हेटौंडाबाट साढे ३ लाखभन्दा बढीको कपडा र खाद्यान्न बरामद
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित सडकखण्डबाट साढे ३ लाखभन्दा बढीको कपडा तथा खाद्यान्न बरामद गरेको छ ।
प्रहरीले असार २५ र २६ गते भन्सार छलि चोरी पैठारी गरी ल्याइएको ३ लाख ५७ हजार ८८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त कपडा र खाद्यान्न प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । प्रहरीले बरामद गरेको कपडा तथा खाद्यान्न आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
