समाचार

दासढुङ्गामा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । बिहान ५ः२० बजेको समयमा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये १० जनाको...

धारिलो हतियार प्रहार गरी युवकको हत्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ । जिल्लाको देवाही गोनाही ६ कर्कच कर्मैयाका अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटना गएराति ११ र १२ बजेको...

सशस्त्र प्रहरीमा पदपूर्तिका लागि आवेदन माग

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो । रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ...

आज भानुभक्तको २१० औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ...

आज यी प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको छ । सो बैठकमा विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको छ । हिजो राष्ट्रिय सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो ।...

बागमती प्रदेश सरकारद्वारा विपद् प्रभावित कृषकलाई राहत उपलब्ध

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित कृषकहरुलाई राहत उपलब्ध गराएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९–०८० को वार्षिक स्कीकृत कार्यक्रम बमोजिम प्रदेशका ४१ जना कृषकहरुलाई राहत उपलब्ध गराएको हो । नेपालमा नै पहिलो पटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने...

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज साँझ आएको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ सिमानस्थित  वर्षासँगै माथिबाट आएको पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर...

राष्ट्रिय सभाबाट बजेट पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । योसँगै सरकारले प्रस्तुत गरेको आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको हो । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले...

मकवानपुर प्रहरीद्वारा ४७ लाखको सुनसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध सुनसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट आज बिहान ४७ लाख रुपैयाँ भन्दा बढी मुल्यको सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ४७ लाख ३६ हजार ७२९ रुपैयाँ मुल्य बराबरको ४८९ ग्राम ३७ मिलि ग्राम सुनसहित पर्साको वीरगंज महानगरपालिका वडा नम्वर १...