प्रतिनिधि सभा बैठक बस्दै

तु खबर संवाददाता
२०८० असार २९, शुक्रबार ०८:०९
file-photo

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको छ ।

सो बैठकमा विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको छ । हिजो राष्ट्रिय सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो ।

त्यसैगरी, बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।