सशस्त्र प्रहरीमा पदपूर्तिका लागि आवेदन माग

तु खबर संवाददाता
२०८० असार २९, शुक्रबार ०८:३०
file-photo

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

जारी सूचना अनुसार, इच्छुक व्यक्तिले आगामी साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र राजश्व नतिरेको र रित नपुर्याएको निवेदन पेस हुने छैन ।