समाचार
प्रतिनिधि सभामा राष्ट्रिय सभाको सन्देश प्रस्तुत
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ । प्रतिनिधि सभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको हो । उक्त विधेयक सभाका सचिव पद्यमप्रसाद...
१५ दिनदेखि बेपत्ता भएकी महिला मृत भेटिइन्
काठमाडौं । भक्तपुरमा १५ दिनदेखि बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटी मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार, उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । प्रहरीले उनको खोजीमा...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित दुई छुट्टाछुट्टै स्थानबाट शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ र बारा गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले धादिङको गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित एक जनालाई पक्राउ गरेको छ ।...
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । बिहीबार राति अबेरसम्म बसेको सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । यो पटक सो पार्टीको केन्द्रीय समितिमा दुई सय भन्दा बढी केन्द्रीय सदस्य थप गरिएको छ । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४...
चन्द्रगढी उडेको जहाजमा प्राविधिक समस्या आएपछि…
काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को...
बाजेको कुटाइबाट नातिको मृत्यु
बैतडी । बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका– ६, मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति रेशम साउदको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मानसिक सन्तुलन ठिक नभएका आफ्नै बाजे गणेशको कुटाइबाट रेशम गम्भीर...
एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । उक्त बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले...
सर्पले डसेर एक वृद्धाको मृत्यु
डोटी । डोटीमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका –४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डोटीले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार दिउँसो घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेको बेलामा सर्प डस्दा उनी घाइते भएकी थिएन्...
बाघको आक्रमणबाट युवती घाइते
कञ्चनपुर । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा बिहीबार साँझ एक युवती घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । जिल्लाको लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको जनाइएको छ । घाइते उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार...
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं । दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउने भएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा जान लागेको पूर्वसन्ध्यामा लू नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका विशिष्ट...










