समाचार

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत...

बकैयामा साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक लगाउने भएको छ । गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न लागूऔषधसहित सूर्ती र मदिरा सेवनमा रोक लगाउन लागिएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । जारी सूचनामा भनिएको छ,‘लागूपदार्थ...

एक जना पुरुष मृत अवस्थामा फेला

ढोरपाटन । बागलुङमा आज बिहान एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त शव ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको रहेका छन् । आज बिहान ८ बजे खरबारीको...

देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, कुन प्रदेशमा कति सकियो ?

काठमाडौं । देशभर हालसम्म ५३ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर जम्मा ५३ प्रतिशत मात्र रोपाइँ सकिएको पाइएको हो । मन्त्रालयका अनुसार, १३ लाख ५७ हजार हेक्टरमध्ये ७ लाख १८ हजार हेक्टरमा मात्र धान रोपाइँ...

बाढीले दशजगामा रहेको सीमा स्तम्भ बगायो

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०–१५ नम्वरको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनका अनुसार, शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको...

पराजुलीको मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

मकवानपुर । पत्रकार तथा साहित्यकार बसन्त पराजुलीको कथा सङ्ग्रह मोम्चोमाथि अन्तरक्रिया गरिएको छ । किताबघर हेटौंंडाको आयोजनामा शनिबार साहित्यकार हरि पौडेल र नीरा शर्माले पराजुलीको कथा सङग्रहमाथि समालोचनात्मक टिप्पणी गरेका थिए । साहित्यकार पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए । ‘समाजका हरेक क्षेत्रमा महिला विभिन्न...

बागमती गाउँपालिकाद्वारा ६ जना सुकुम्वासीलाई लालपुर्जा वितरण

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । शुक्रबार सम्पन्न पालिकाको दशौं गाउँसभामा बागमती गाउँपालिका वडा नम्वर ३ का ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त गर्नेहरुमा क्रमशः वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर...

बैङ्क तथा वित्तीय संस्था शनिबार पनि खुल्ला

काठमाडौं । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुल्ला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खु,ला नै रहने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा...

बालुवाटार पुगेर विप्लव गरे सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति...