प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने भएको हो ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।
उनले सो प्रस्ताव माथिको संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
