प्रतिनिधि सभामा राष्ट्रिय सभाको सन्देश प्रस्तुत
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।
प्रतिनिधि सभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको हो ।
उक्त विधेयक सभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रस्तुत गरेका हुन् । राष्ट्रिय सभाको आजको बैठकले ती विधेयक पारित गरेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही असार ३१ गते आइतबार दिनको १ बजे बस्नेछ ।
