जनमत पार्टीको केन्द्रीय समिति विस्तार

तु खबर संवाददाता
२०८० असार २९, शुक्रबार १५:५१
file-photo

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । बिहीबार राति अबेरसम्म बसेको सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

यो पटक सो पार्टीको केन्द्रीय समितिमा दुई सय भन्दा बढी केन्द्रीय सदस्य थप गरिएको छ । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए ।

केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् । यसअघि केन्द्रीय समितिमा रहेका तीन/चार जना यो पटक सचिवालयमा परेका छन् । जनमत पार्टी स्रोतका अनुसार पार्टीको विधानअनुसार भने केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन ।

पार्टीको विधान अनुसार, ३५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्छ । अहिले २१६ सदस्यीय केन्द्रीय समिति बनेको छ ।