१५ दिनदेखि बेपत्ता भएकी महिला मृत भेटिइन्

तु खबर संवाददाता
२०८० असार २९, शुक्रबार १६:४१

काठमाडौं । भक्तपुरमा १५ दिनदेखि बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटी मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार, उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो ।

प्रहरीले उनको खोजीमा असार १७ तेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो । तर, कुनै सुराक हात लागेको थिएन ।

अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।