मकवानपुरका मोक्तान अवैध गाँजा र नगदसहित पक्राउ

तु खबर संवाददाता
२०८० असार २७, बुधबार १५:३५
file-photo

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० बस्ने ३२ वर्षीय रामसिंह मोक्तान अवैध लागूऔषध गाँजा र नगदसहित पक्राउ परेका छन् ।

मोक्तान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ भिमानबाट लागूऔषध गाँजा करिब १ सय ५५ केजी (डेढ क्वीन्टल) र नगद २ लाख रूपैयाँसहित सोमबार पक्राउ परेका हुन् ।

उनलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा.२० च ९८३ नम्बरको हात्तिगाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला परेपछि गाडीका चालक मोक्तानलाई पक्राउ गरिएको हो ।

पक्राउ गरेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।