समाचार

अवैध भारतीय रकमसहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित राटोमाटेबाट अवैध भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । बिहान ५ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानबाट ३ लाख ७५ हजार रुपैयाँ भारतीय पैसासहित एक जनालाई पक्राउ...

मंगलबार नेप्सेमा गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ । नेप्सेमा दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आएको हो । मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ७९ लाख ८८ हजार कित्ता शेयर...

निःशुल्क उपचार सेवाको विवरण बुझाउन अस्पतालहरूलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान, सामुदायिक, निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको सम्बन्धी दैनिक विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयका महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीहरूको लागि कुल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार...

ललिता निवास प्रकरण : थप २ जना पक्राउ

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ । सीआईबीले पूर्व नायब सुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना, ५ जनाको शव फेला

काठमाडौं । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर आज बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलुबाट कठमाडौंका लागि उडेको हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार, हाल घटनास्थलमा ५ जनाको शव जलेको अवस्थामा फेला परेको परेको छ...

कार्यालयमा भेटिँदैनन् वडाध्यक्ष, फाइल बोकेर चिया पसल धाउँछन् सेवाग्राही

मकवानपुर । मकवानपुरगढी–६ का वडाध्यक्ष कृष्ण बजगाईँको कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । वडा कार्यालयबाट एक दुई दिनमा हुने कामका लागि हप्तौँ र महिनौँसम्म धाउनुपर्ने बाध्यता छ । नागरिकता, खानेपानी तथा जग्गा सम्बन्धी सिफारिस/प्रमाणितदेखि वडाबाट सम्पादन हुने अन्य कार्यका लागि कार्यालय आइपुगेका सेवाग्राहीले वडाध्यक्ष भेट्नै मुस्किल भएपछि गुनासो...

जेसिबीको ठक्करबाट बालकको ज्यान गयो

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ मा सोमबार जेसिबीको ठक्करबाट एक बालकको ज्यान गएको छ । बडिगाड–७ स्थित भत्रेनीदेखि सोइरेनीसम्म कच्ची सडकखण्ड खन्ने क्रममा जेसिबीले ठक्कर दिँदा स्थानीय १४ वर्षीय सुनिल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार, जेसिबीको ठक्करबाट घर्तीको घटनास्थलमै ज्यान गएको हो...

धादिङबाट पक्राउ परे मकवानपुरका तितुङ

मकवानपुर । धादिङकोे थाक्रे गाउँपालिका वडा नं.२ सिम्ले बजारबाट अन्दाजी ११ किलो लागूऔषध चरेशसहित प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ बस्ने ४० बर्षीय जयबहादुर तितुङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, तितुङलाई शंका लागेर...

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजाय

दैलेख । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजायको फैसला सुनाएको छ । गत चैत्र १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत्र २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । सोही उजुरीका आधारमा पक्राउ परेका ती...

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक २०८० माथि छलफल हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, सो बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा...