ललिता निवास प्रकरण : थप २ जना पक्राउ

तु खबर संवाददाता
२०८० असार २६, मंगलवार १५:३९

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबीले पूर्व नायब सुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।