समाचार
सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकारविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारविरुद्ध मुद्दा दर्ता गरेको हो । यस्तै, सरकारी वकिलको कार्यालयले दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश...
संसदको अवरोध खुलाउन एमाले सकारात्मक
काठमाडौं । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको एक नेताले बताए । बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया...
शेयर बजारमा गिरावट, साढे ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात समेबार शेयर बजारमा गिरावट आएको छ । साताको पहिलो दिन २८ अंकले बढेको शेयर बजारमा आज आज सामान्य गिरावट आएको छ । आज नेप्से ०.८० अंकले घट्दा २०७६.९६ को विन्दुमा कायम भएको छ । सूचीकृत २९३ कम्पनीको १ करोड १८ लाख...
विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ
काठमाडौं । विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका संचालक शिवसुन्दर राउतको सुन बोकेर...
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुुस
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो । यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु...
बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना गम्भीर
धनगढी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारी...
चान्द्रमासअनुसार साउने सोमबार सुरु
काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै...
मृग ठानेर बन्दुक पड्काउँदा गयो आफ्नै साथीको ज्यान
भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ । घटना यही असार २२ गते रातिको...
राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । सोमबार ११.बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११.०१ मा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक...
सडक विस्तार प्रकरणमा सीडिओको चुनौतीः सरुवा गर्ने इच्छा छ भने गरिदिए हुन्छ
मकवानपुर । प्रमुख जिल्ला अधिकारी (सीडिओ) सूर्यप्रसाद सेढाईले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्य कानून बमोजिम हुने भन्दै त्यसमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । बजार क्षेत्रको सडकको दायाँबायाँ २५/२५ गज विस्तार गर्न सर्वोच्च अदालतबाटै फैसला भइसकेको र सडक डिभिजन हेटौंडाले अतिक्रमित संरचना हटाउन ३५...










