राष्ट्रिय सभा बैठक स्थगित

तु खबर संवाददाता
२०८० असार २५, सोमबार १०:०४
file-photo

काठमाडौं । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

सोमबार ११.बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११.०१ मा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।